१२ वर्षीया सन्ध्या एक सातादेखि बेपत्ता ,खोजी गरिदीन परिवारजनको आग्रह


बागलुङ – काठेखोला गाउँपालिका–७ कि १२ वर्षीया सन्ध्या बस्याल एक सातादेखि बेपत्ता छिन् । गत शुक्रबार बिहान ८ः३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा छन् ।

प्रहरी र स्थानीयवासीले खोजी कार्य तीव्र पारे पनि बस्याल फेला पर्न सकेकी छैनन् । उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५ मा पढ्थिन । छोरीको खोजीमा सहयोग गर्न बुबा नरबहादुरले सबैमा आग्रह गर्नुभएको छ ।

हराएकी बालिका बागलुङ बजारतर्फ आइरहेको बेला खहरे भन्ने ठाउँमा देखेको स्थानीयवासीले बताएका छन् । त्यसपछि उनी कता गइन्, अवस्था के छ कुनै अत्तापत्तो लाग्न सकेको छैन । (रासस)

प्रतिक्रिया दिनुहोस्