तेह्राँैँ साग, पुरुष भलिबलको स्वर्ण भारतलाई


काठमाडौँ, १७ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलको स्वर्ण भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई ३–१ ले हराउँदै भारतले स्वर्ण जितेको हो । पहिलो सेट पाकिस्तानले २५–२० अङ्कले जितेको थियो । त्यसपछि भारतले लगातार तीन सेट जित्यो । भारतले दोस्रो सेट २५–१५, तेस्रो सेट २५–१७ तथा चौथो सेट २९–२७ अङ्कले जितेको हो ।

अहिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा महिला भलिबलतर्फ स्वर्ण पदकका लागि नेपाल र भारतबीच खेल भइरहेको छ । उक्त खेलको उपराष्ट्रपति नन्दबहादुर पुनले अवलोकन गर्दै हुनुहुन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस्