सिद्धार्थ राजमार्ग क्षेत्रको विकासमा चासो


रामपुर, १६ मङ्सिर : सिद्धार्थ लोकमार्गसँग जोडिएका विभिन्न स्थानीय तहहरुले पर्यटन, कृषिलगायतका क्षेत्रको विकास योजना र यसको कार्यान्वयनमा जोड दिएका छन् । पाल्पा तानसेन नगरपालिकाको आयोजनामा आइतबारदेखि यहाँ शुरु भएको सम्मेलनका सहभागीले राजमार्गले बोकेका सम्भावनालाई सबै स्थानीय तहसँग समन्वय गरी रचनात्मक बनाउन सुझाव दिएका छन् । सम्मेलनमा यस क्षेत्रका गाउँपालिकाको अनुभव आदानप्रदान, योजना पहिचान कार्यान्वयन, सिद्धार्थ लोकमार्गसँग जोडिएका क्षेत्रको पर्यटन, कृषि, सूचना, प्रविधि, उद्योगको पहिचान, छनोट, समन्वय र सहकार्यका लागि कार्यदल गठन, समन्वय व्यक्ति छनोट तथा विज्ञ समूह गठन गर्ने विषयमा छलफल भएको छ ।

सम्मेलनमा प्रदेश नम्बर ५ को प्रादेशिक नीति योजनाबारे अवधारणापत्र र सडक विभागका तर्फबाट कार्यपत्र प्रस्तुत हुने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । सम्मेलनमा रुपन्देहीको बेलहिया नाकाबाट पोखरासम्म सिद्धार्थ लोकमार्गले छोएका १७ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्