ह्याण्डसम मोडल निराजनसँग रोमान्स गर्दागर्दै भेटीइन् नेपाल भ्वाइस अफ नेपालकी सम्झना


काठमाडौँ । दोस्रो भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल गायिका सम्झना पाण्डेले ढाक्यो मायालेको भिडियो सार्वजनिक गरेकी छिन् । जसमा गायिका पाण्डेलाई नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बरालले स्वरमा साथ दिएका छन् ।

किशोरावस्थामा रहेको कुनै पनि प्रेमी जोडीले देखाउने रोमान्टिक प्रेम कथालाई भिडियोमा गज्जबसँग प्रस्तुत गर्न सफल भएका छन् निर्देशक शान थापा । भुपिन्द्र महतको शब्द शृजना रहेको गीतमा चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको छ । अर्जुन तिवारीको छायांकन रहेको गीतमा नकुल खड्काको सम्पादन रहेको छ । जसमा कोरियोग्राफी राजिव समिरले गरेका छन् । हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्