नवीन रावलको स्वर तथा संगीत रहेको गीत फर्की फर्की सार्वजनिक (हेर्नुहोस भिडियो)


म्यूजिक भिडियोमा निकै रुचाइएको जोडी राहुल शाह र एलिशा शर्मा अभिनीत नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। शनिबार यूट्युबमा सार्वजनिक भएको ‘फर्की फर्की’ बोलको गीतले दुईको प्रेमभावलाई देखाइएको छ। उक्त गीतमा नविन रावल र सदिक्षा कट्टेलको आवाज रहेको छ। गीतमा गायक रावल स्वयंले संगीत भरेका छन्।

गीतको शब्द मिलन विष्ट, भिडियोको निर्देशन र कोरियोग्राफी राहुल स्वयंले गरेका हुन्। पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडियोमा चार वटा डान्स ग्रुपले गीतमा नृत्य प्रस्तुत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्