सुदूरपश्चिम प्रदेशसभा विधेयक पारित


धनगढी, २९ साउन : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले ‘केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक२०७६‘पारित गरेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि विधेयकमाथि भएको दफावार छलफलमा सदस्य अमरबहादुर साउद, टेकबहादुर रैका र चुनकुमारी चौधरीले बोल्नुभएको थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनितादेवी चौधरीले ‘सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५‘माथि छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो ।
उक्त प्रस्तावमाथि भएको सामान्य छलफलमा सदस्य अक्कलबहादुर रावल, श्यामलाल रानाथारु र मालामतिदेवी रानाथारुले बोल्नु भएको थियो । अर्को बैठक आगामी भदौ १ गते अपराह्न २ः०० बजे बस्ने छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्