तनहुँका अर्बुदरोग पीडित रेग्मीलाई घरमै गएर सहयोग


दोहा, २९ साउन : बन्दिपुर गाउँपालिका–५ थुम्का तनहुँ निवासी पूर्णप्रसाद रेग्मीको प्याङक्रियाजको अर्बुद रोग भई राजीवगान्धी अन्तर्रास्ट्रिय क्यान्सर अस्पताल दिल्लीमा उपचार भइरहेको छ ।

उहाँको स्वास्थ उपचारमा आर्थिक अभाव भइरहेका बेला तनहँु सेवा समाज कतारले उपचारार्थ सहयोगस्वरुप रु एक लाख एघार हजार ८३२ पीडितको घरमै गएर पीडितका श्रीमती अप्सरा रेग्मीलाई हस्तान्तरण गरेको समाजका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद ढुङ्गानाले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्