सप्तरीका आगलागी पीडितलाई राहत वितरण


सप्तरी, २८ साउन : तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका आगलागी पीडितलाई आज राहत वितरण गरिएको छ । पीडितलाई गाउँपालिकाको तर्फबाट प्रतिपरिवार १० किलो मुरही, पाँच किलो चिउरा, दुई थान त्रिपाल, बाल्टिनलगायत सामग्री वितरण गरिएको गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो । आज दिउँसो आगलागी हुँदा सकरपुराका महन्थी मुखियाको तीन घर र देवीलाल मुखियाको दुई घर जलेर नष्ट भएको थियो ।  (साउन)

प्रतिक्रिया दिनुहोस्