जनतासँग नजिकको सम्बन्ध बनाएर काम गर्न नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई आग्रह : मुख्यमन्त्री गुरुङ


लमजुङ, २८ साउन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतासँग नजिकको सम्बन्ध बनाएर काम गर्न नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । आज बेँसीशहरस्थित मदन–आश्रित भवनमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङको दोस्रो बैठकलाई सम्बोधन गर्दै नेकपा गण्डकी प्रदेश कमिटीका इन्चार्जसमेत रहनुभएका गुरुङले बदलिँदो समय र परिस्थितिसँगै आफूलाई परिवर्तन गरी अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

“कार्यकर्तामा व्यक्तिवादी चिन्तन हाबी हुँदै गएको छ”, उहाँले भन्नुभयो । विगतका राम्रा काम र नीतिका कारण नेकपाले दुई तिहाइको सरकार बनाउन सफल भएको मुख्यमन्त्री गुरुङको भनाइ थियो । बैठकमा नेकपा गण्डकी प्रदेशका सचिव गोविन्द नेपाली, नेकपा गण्डकीका मुख्य सचेतक मायानाथ अधिकारी, जिल्ला सह–इन्चार्ज अमरबहादुर गुरुङलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्