झापाका अग्रज पत्रकार नकुल काजी ‘पत्रकारिता दीर्घ सेवा पुरस्कार’बाट पुरस्कृत


भद्रपुर, २७ असार :  झापाका अग्रज पत्रकार नकुल काजी ‘पत्रकारिता दीर्घ सेवा पुरस्कार’बाट आज पुरस्कृत हुनुभएको छ । उहाँलाई भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेट तथा नीति कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा नगद रु १५ हजारसहित दोसलाले सांसद सुरेन्द्र (राम) कार्कीले सम्मान गर्नुभएको थियो ।

काजीलाई नगरपालिकाले नेपाली पत्रकारिता र साहित्यको विकास, सम्वद्र्धन तथा उन्नयनमा पुयाएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको नगरप्रमुख जीवन श्रेष्ठले बताउनुभयो । सोही अवसरमा नगरले प्रोत्साहन पत्रकारिता पुरस्कारबाट धर्मराजलाई रु १० हजारसहित पुरस्कृत गरेको छ । कार्यक्रममा नगरका वडा कार्यालय तथा स्वस्थ स्वास्थ्य बनाउन सहयोग गर्नुहुने दर्जन बढीलाई सम्मान गरिएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्