गलबन्दी बिवाद सकिएलगत्तै प्रकाश सपुत र अन्जलीको नयाँ तिज गीत “यस पालिको तीजमा डाईमण्ड लाईन्छरे” सार्बजनिक


“यस पालिको तीजमा डाइमण्ड लाइन्छरे” बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ। उक्त म्यूजिक भिडियोको गीत तथा प्रस्तुति रहेको छ रचनाकार मञ्जु बरालको । देवि घर्तिमगरको स्वर रहेको उक्त म्यूजिक भिडियोमा संगीतकार झुलेन वरालले संगीत दिएका छन,भने राजु कार्कीको ऐरेन्ज रहेको छ । त्यस्तै सुरेन्द्र बसेलको कोरियोग्रापिंmक रहेको छ भने सन्तोष श्रेष्ठको मिक्सिङ रहेको छ ।
युवा निर्देक जीवन शाहीको निदेशनमा बनेको उक्त म्यूजिक भिडियोमा शब्द,संगीत र छाँयाकन कम्पोजलाई राम्रो तवरले समिश्रण गरिएको छ । जसका कारण दर्शक,श्रोताहरुले पृथक स्वादको अनुभूति लिईरहेको पाईएको छ ।चर्चित युवा गायक प्रकाश सपुत र अञ्जली अधिकारीको राम्रो अभिनयले सो म्यूजिक भिडियो सुनमा सुगन्ध थपिएको छ । हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्