दुखद खबर : काठमाण्डौको मूलपानीमा पर्खाल भत्किँदा एक गर्भवतीसहित ३ जना रहेनन


काठमाण्डौ- काठमाण्डौको मूलपानीमा पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । एक गर्भवतीसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मूलपानीको बाबाचोकको नजिक पर्खाल त्किएर घाइते भएका उनीहरुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको बताइएको छ ।

उनीहरुको मृत्युपछि परिवार शोकमा रहेको छ । बाराका देवताल गाउँपालिका ५ घर भई अहिले कागेश्वरी मनोहरा–६, मूलपानी बस्ने ३५ वर्षीया शर्मिला यादव, गर्भवती ३० वर्षीया नितु यादव र १३ वर्षीय कुन्दन यादव रहेको प्रहरीले जनाएको छ । यता अविरल वर्षले गर्दा देशका विभिन्न ठाँउमा पहिरो गएर अन्य व्यक्तिले पनि ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्