सामुदायिक वनद्वारा एसइई परीक्षामा उत्तीर्ण हुने गरीब र जेहेन्दार ३४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान


विराटनगर, २७ असार : मोरङको बेलबारी, चिसाङ साझेदारी वन उपभोक्ता समूहले छात्रवृत्ति वितरण गरेको छ । यस वर्षको एसइई परीक्षामा उत्तीर्ण हुने गरीब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।

समूहको क्षेत्रभित्र पर्ने १७ वटा सामुदायिक विद्यालयका ३४ जनालाई जनही रु तीन हजारको दरले वितरण गरिएको समूहका अध्यक्ष दिनेश गिरीले जानकारी दिनुभयो । उहाँले शिक्षण सिकाइका निम्ति सुविधा पुग्ने दृष्टिले सगरमाथा प्रावि होक्लबारी र जनएकता आधारभूत विद्यालय बेलबारीलाई एक÷एक थान एलइडी मोनिटर प्रदान गरिएको छ ।

ती विद्यालयमा अध्ययनरत आदिवासी, जनजाति समुदायका झाँगड, बाँतर विद्यार्थीलाई शिक्षण सिकाइमा सहयोग पुग्ने हेतुले सो उपकरण प्रदान गरिएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस्