अन्जली अधिकारीको अभिनय रहेको गित ‘तिम्रै नामको शहर’ सार्बजनिक


काठमाडौँ: नारायण बाबु कोइरालाको स्वरमा रहेको ‘तिम्रै नामको शहर’ को भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा रोशन श्रेष्ठको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । सार्बजनिक म्युजिक भिडियोलाइ छायाँकार उत्तम हुमागाईंले छायांकन र नबिन निरौलाले सम्पादन गरेका हुन् भने जीवन शाहीले निर्देशन गरेका छन् । भिडियोमा अन्जली अधिकारि, समिर तामाङ र जीवन शाहीलाई फिचरिङ गरिएको छ । निर्देशक जीवन शाहीले गीत अनुसारको थिममा भिडियो बनाएका छन् बलात्कृत नारीको पीडालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्