बलिउड अभिनेत्री भाग्यश्रीका श्रीमान् पक्राउ, पक्राउ पर्नुको कारण यस्तो


बलिउड अभिनेत्री भाग्यश्रीका श्रीमान् हिमालय दासानी पक्राउ परेका छन् ।म्बईको लोखण्डवाला इलाकामा जुवाको अड्डा संचालित गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । आरोपीसँग सोधपुछपछि नाम सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो । । यद्यपि, मंगलबार अदालतले उनलाई जमानत दिएको छ ।

भारतिय मिडियाका अनुसार छापामारीको क्रममा फ्ल्याटबाट एउटा डायरी पनि भेटिएको थियो । यसमा जुवा अड्डाका मालिकको रुपमा दासानीको नाम लेखिएको थियो ।

त्यहाँबाट ७।५ लाख भारु नगद पनि बरामद गरिएको थियो । उक्त अड्डाका मालिक हिमालय दासानी र उनको पार्टनर करण ठक्करको हो ।हिमालयले सन् १९९० मा भाग्यश्रीसँग विवाह गरेकी थिइन् । विवाहपछि भाग्यश्रीले श्रीमानसँग तीनवटा फिल्ममा काम गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्