सार्क फिल्म फेस्टिबलमा साडीमा सजिएको अबस्थामा देखिइन नायिका स्वस्तिमा


काठमाडौँ-श्रीलंकामा आयोजित सार्क फिल्म फेस्टिभलमा नेपाली नायिका स्वस्तिमा खड्काले सहभागीत जनाएकी छिन् । साडीमा सजिएर गएकी उनी अत्यन्तै सुन्दरी देखिएकी छन् । फेस्टिभलमा ‘बुलबुल’की रणकला टाटेपाटे सारी लगाएर उपस्थित भइन् । स्वस्तिमाले शिर्ष भूमिका निभाएको फिल्म ‘बुलबुल’ सार्क फिल्म छानिएको छ ।

‘बुलबुल’ फेस्टिभलको पहिलो दिन प्रदर्शन भैसकेको छ ।फेस्टिभलको पहिलो दिन फिल्म स्क्रिनिंगसँगै स्वस्तिमाले अन्र्तक्रिया कार्यक्रममा पनि सहभागीत जनाइन् ।

आफ्नो पहिलो सार्क सहभागीता रोमाञ्चक भैरहेको स्वस्तिमाले सुनाइन् ।फिल्म फेस्टिभलमा फिल्म ‘प्रसाद’ ले पनि सहभागीता जनाइरहेको छ । प्रसादका निर्देशक दिनेश राउत फेस्टिभलमा सहभागी छन् । ७ जुलाइसम्म चल्ने फेस्टिभलमा ‘बुलबुल’ र ‘प्रसाद’ले कुन कुन विधामा अवार्ड जित्लान् त रु

प्रतिक्रिया दिनुहोस्