एक जातिय कथामा आधारीत फरक खालको गीत “आरने” मन समालेर हेनुहोला ।


मिलन खत्री काठमाण्डौ, २ असार । पछिल्लो समयमा नेपाली लोक गीत संगीतले विश्व बजारमा अत्यन्तै राम्रो चर्चा पाइरहेको छ। नेपाली लोक गीत संगीत भनेको देशको पहिचान हो र कलाकारहरु देशका गहना हुन् । केही समय देखि निरन्तर निकै संघर्ष मेहनत तन मन जीवन गीत संगीतलाई दिएर सक्रिय भएर अगाडी आउदै गरेका बहुप्रतीभाको धनी गायक प्रकाश दुतराज आफैमा सर्जक,गायक,मोडल, निर्देशक पनि हुनुहुन्छ।लोकप्रिय गायक प्रकास दुतराज र गायिका जुनु रिजालको आवाजमा रहेको गीत “आरने” सार्बजनिक भएको छ । प्रमाश दुतराजको अफिसियल युटुब च्यानल बाट सार्बजनिक भएको हो । पछिल्लो समयका चर्चित सर्जक तथा संगीतकार प्रकाश दुतराजको संगीत तथा गायक आफु स्वयमको सब्दमा रहेको छ। चर्चित मोडल देबेन्द्र बब्लु बिश्वकर्मा र सोनाम मगरको अभिनयमा रहेको उक्त गीतको निर्देसन प्रकाश दुतराजको रहेको छ । करण चैसिरको छायांकन रहेको उक्त भिडियोको सम्पादन प्रबिन भटट्को रहेको छ । हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्