गम्भिर र आश्माको ‘कहाँ छौ’ म्युजिक भिडियो सार्वजनिक


गीतकार मनिष वशिष्ठको प्रस्तुतीमा ‘कहाँ छौ’ बोलको गीत सार्वजनिक भएको छ । सजल न्यौपानेको स्वर र संगीत रहेको गीत हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । मनिष वशिष्ठको शब्द रहेको ‘कहाँ छौ’ बोलको गीतका बि एन निराकार एरेन्जर हुन् ।सार्वजनिक म्युजिक भिडियोमा गम्भिर बिष्ट र आश्मा गिरीको अभिनय छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई ओम पौडेलले सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन्, भने सहायक निर्देशकमा सुबोल थापा छन् । भिडियोको कन्सेप्ट भने निर्देशक बिष्ट र गीतकार मनिष वशिष्ठको हो । हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस्