गायक बिजय बिष्टको आवाजमा निकै नै मनछुने गीत ” तिमीलाई नै खोजि रहन्छ मन” सार्बजनिक


नेपाली सँगीत क्षेत्रमा सम्भावना बोकेका गायक हुन् बिजय बिष्ट । गायक बिजय बिष्टको आवाजमा निकै नै मनछुने गीत तिमीलाई नै खोजि रहन्छ मन सार्बजनिक भएको छ । आफ्नो मायालुलाई छोडेर बिदेशमा बसि रहनुको पीडा र मायालुको याद आउँदाको भावनाहरु यस गीत मार्फत उतार्न खोजिएको छ।बिजय बिष्ट र उमेश बिस्वकर्माको शब्द रहेको गीतमा सँगीत स्वयम् गायक बिजय बिष्टले भरेका छन्। निरजश्रेष्ठ को सँगीत सँयोजन रहेको गीत साउन्ड मिल रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो भने महेस्वर मान राजभण्डारीले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका हुन्। सँजित के घिसिङ को निर्देशनमा बनेको भिडियो जति मिठो गीत छ त्यति नै आकर्शक बनेको छ। छोटो समयमा चर्चा बटुल्न सफल गीतमा गायक बिजय बिष्टको साथमा मेरि लिम्बुको अभिनय देख्न सकिन्छ । गीतमा विशाल थापाको ब्यबस्थापन रहेको छ भने कलाकारहरु लाई राम्रो बनाउँने काम बन्दना जिमोमिनले गरेकी छन् । भिडियो लाई तलको लिन्क क्लिक गरेर हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्