“भ्रष्टाचार विगतदेखि हुँदै आएको हो त्यो अहिले पनि घट्न सकेको छ्रैन, यसको दोषी कम्युनिष्ट पार्टी होइन”- ज्ञवाली


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले चुनावको समयमा कम्युनिष्ट पार्टीले बनाएको घोषणापत्रलाई आत्मसात् गर्दै अघि बढेमा मुलुक समृद्ध बन्ने बताउनुभएको छ । रिपोर्टस् क्लब दाङले आज आयोजना गरेको अन्तक्र्रियामा नेता ज्ञवालीले विगतको तुलनामा भ्रष्टाचार घटाउन प्रयत्न भएको बताउनुभयो ।

“भ्रष्टाचार अहिलेमात्रै होइन, विगतदेखि हुँदै आएको थियो, त्यो अहिले पनि घट्न सकेको छ्रैन, यसको दोष कम्युनिष्ट पार्टीको होइन”, उहाँले भन्नुभयो, “अब यसलाई घटाउने जिम्मेवारी कम्युनिष्टको काँधमा आएको छ ।” उहाँले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नभएको समेत बताउनुभयो ।

नेता ज्ञवालीले अहिले अर्थतन्त्रमा दलाल पूँजीपतिको हात रहेको र सत्तामा कम्युनिष्ट पार्टी भएको भन्दै यसमा ठूलो अन्तरविरोध भएको बताउनुभयो । उहाँले पार्टीको जिल्ला तहको एकताले पूर्णता पाइसकेको र बाँकी विभाग, पोलिटब्यूरोको टुङ्गो लगाउने कार्य जारी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्