गायक समीर हमाल र छेवाङ शेर्पाको आयोजनामा श्रृंखला खतिवडाद्वारा ब्यबारिसे फेला परेका जन्तुलाई सडकको पोलमा पानीको व्यबस्था उदघाटन कार्यक्रम सम्पन्न


मिलन खत्री
काठमाण्डौ,जेठ ४ । गायक समीर हमाल र छेवाङ शेर्पाको आयोजनामा श्रृंखला खतिवडा द्वारा व(जन्तुको लागी पानीको व्यस्था भन्ने उदघाटन कार्यक्रम सम्पन्न भएको छ । मिस नेपाल २०१८ को ताज जित्न सफल श्रृंखला खतिवडा र गायक शमीर हमाल अहिले सामाजिक कार्यमा निकै सकृय भएर अघि बढीरहेका छन् । राष्ट्रपति भवन अगाडी आज खतिवडा र हमालले जीव(जन्तुको लागी पानीको व्यस्था गरेका हुन् । पानी नै जीबन हो भन्ने मुल नाराका साथ आयोजना गरेको रिभेल इभेन्टसका सचिब समिर हमालले जानकारी दिएका छन् ।

विभिन्न माननीय व्यक्तिवहरुको उपस्थितीमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै खतिवडाले आफूसँग धेरै समय नभएता पनि यस कार्यक्रममा आएर एउटा राम्रो काम गर्न पाएकोमा निकै खुशी व्यक्त गरेकी छिन । बौद्धिक रुपमा निकै तेज रहेकी श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्