चर्चामा मेलिना राई र हरि लम्सालको ‘ परानै दिन्छु ‘ (भिडियो)


म्युजिक भिडियोमा डान्सिङ प्याट्रन र फिल्ममा लोक फ्युजनका गीत संगीतको ट्रेन्ड अहिले नेपाली संगीत बजारमा छ। डिजिटल बजारमा उपलब्ध यी गीत संगीतको चर्चा र आयु कति होला धेरैमा केही महिना । भिडियो हिट हुन्छ भिडियोका मोडेल र डान्सर हिट हुन्छन तर गायक , संगीतकार र रचनाकार भने सधै छायांमा पर्छन।

सिर्जनामा दम छ भने गायक , कलाकार र रचनाकारको पनि खोजी , प्रशंसा र चर्चा हुन्छ भन्ने उदाहरण बनेको ‘ परानै दिन्छु ‘ म्युजिक भिडियो । छोटो समयमा नै लोकप्रीय बनेको यस गीतको भिडियोलाई १० लाख भिउज प्राप्त भएको छने भने मिडिया र दर्शक सोर्ता बाट राम्रो रिभिउ पनि प्राप्त भैरहेको छ।

यस गीतमा शब्द प्रलाद शाहको रहेको छ भने संगीत हरि लम्सालको रहेको छ। गीतमा स्वर चर्चित गायिका मेलिना राई र हरि लम्सालको रहेको छ। गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन। अर्गानिक टेस्टको ५ मिनेटको फिल्म हेरै जस्तै लाग्ने भिडियोमा कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनय रहेको छ । गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने बिकाश धमालाले सम्पादन गरेका हुन। निकेश खड्काको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो।

 

प्रतिक्रिया दिनुहोस्