अध्यक्ष यादवको मानमर्दन गरेको भन्दै कार्यकर्ता आक्रोसित


ओखलढुंगा । ‘एभिन्यूज टेलिभिजन’को सकस राजनीति नामक कार्यक्रममार्फत आफ्ना पार्टीका अध्यक्षको मानमर्दन गरेको भन्दै समाजवादी पार्टी ओखलढुंगाले आपती जनाएको छ । टिभी कार्यक्रममार्फत सुशिल पाण्डे नामक व्यक्तिले पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहनु भएका उपेन्द्र यादवमाथि भएको अपमानजनक घटनाप्रति आपती जनाउँदै विज्ञप्ति जारी गरेको हो । जिल्ला समन्वय समितिका अध्यक्ष नेत्रबहादुर नेम्बाङद्धारा जारी विज्ञप्तिमा ‘घटनाको निष्पक्ष छानविन गरी पाण्डेमाथि कार्वाही’को माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘पत्रकार राज्यको चौथो अंग मात्रै होइनन्, बौद्धिक वर्ग पनि हो । आम समुदायलाई सु–सुचित गराउनु पत्रकारहरुको पेशागत धर्म हो भने पत्रकारिताको मर्यादभित्र रहेर पेशा गर्नु कर्तव्य र दायित्व हो । तर, परिवर्तनका नायक, संघीयताको संस्थापक, आम उत्पीडित वर्गको नेतामाथि केही प्रयोजित तत्वबाट नियोजित ढंगबाट जुनखाले हर्कत भएको छ यो घटना सिंगो परिवर्तन पक्षधर, पहिचानवादीहरुमाथि ठूलो प्रहार हो भन्ने हामीले महशुस गरेका छौं ।’ विज्ञप्तिमार्फत ‘सम्मुनत समाजवाद’ लाई पार्टीको मुल सिद्धान्तको रुपमा विकास गर्दै मुलुकमा विद्यमान विभेद, असमनता, कुसंस्कार, गैरराजनैतिक चरित्र, भ्रष्टाचारलाई अन्त्य गर्दै सम्मुनत, विभेदरहित समाज निर्माणका खातिर पार्टी दत्तचित्त भएर अघि बढीरहेको उल्लेख गरेको छ ।

केही दिनअघि टेलिभिजन कार्यक्रममा उपप्रधानमन्त्री यादवको मानमर्दन हुने गरी अन्तर्वार्ता र श्रव्यदृश्य प्रस्तुत भएको थियो । उक्त घटनापछि समाजवादी पार्टी कार्याकर्ता आक्रोसि बनेका हुन । त्यस्तै, संघीय प्रेश फोरम ओखलढुंगा र संघीय खेलकूद महासंघले पनि घटनाप्रति दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्