राईले आफैले काठको साईकल बनाएर चढेपछि बने भाइरल, उनको जुक्ति देखेर सबै परे छक्क


काठमाडौं । मणि हर्क राईले आफैले बनाएको काठको साईकल बनाई चलाएर हिडेको फोटो यतिबेला सामाजिक सञ्जालमा भाईरल भएको छ । ३३ बर्ष अगाडी उनीसँग आफ्नै एक फलामको साईकल थियो , एकदिन अचानक उक्त साइकल हराएपछि उनले आफैले काठको साइकल तयार गरेका हुन् । साईकल बनाएपछि हिड्डुल गर्न सजिलो भएको कुरा राईले बताएका छन् ।

उनले अहिले सम्म साइक, आगो फुक्ने औजार, धान झार्ने मेसिने, आदि बनाइसकेका छन् । उनको सोच अझै नयाँ नयाँ बस्तुहरुको सृजना गर्नु रहेको छ । उनले आफुले भविष्यमा निमार्ण गरेका सामाग्रीलाई जीवन्त राख्नको लागी एउटा कला संग्राहलय खोल्ने सोच रहेको कुरा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्