कन्जुस केटालाई मात्रै ज्वाई बनाउने यि बाबुको घोषणा, चर्चित ब्यापारीकी सुन्दरी छोरीलाई विबाह गर्न यि गुण हुनुपर्ने


काठमाडौं । छोरीको विवाह समयमा नभएपछि थाइल्याण्डका एक बाबुले आफ्नी २६ वर्षकी छोरीको विवाह गराई दिनको लागी अनौठो जुक्ति लगाएका छन् । उनी थाइल्यान्डका एक धनाढ्य ब्यापारी हुन् । उनले आफ्नो छोरीसँग विवाह गर्ने केटालाई ३ लाख ५० हजार दिने घोषण गरेका छन् । ती ब्यक्तिले किन गरे त यस्तो घोषणा ?

बाबुले आफ्नो छोरीको लागी खोजेको केटा स्मार्ट हुनुपर्ने तथा पढिलेखेको हुनु पर्ने भनेर घोषण गरेका छन् । ५८ बर्षका ती ब्यापारीले आफ्नो छोरीको लागी खोजेको केटा कन्जुस र मेहनति तथा लगनशील हुनुपर्ने कुराहरु सर्तको रुपमा राखेका छन् ।

उनका छोरी अहिले सम्मनै कुमारी नै रहेको कारणले गर्दा छोरीको लागी खोजेको केटाले आफुलाई पनि ब्यापारमा सघाउनु पर्ने कुराको बारेमा समेत घोषण गरेका छन् । उनकी छोरीले उनलाई ब्यापारमा सघाउदै आएको कुरा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्