म्यानचेस्टर सिटीका ६ खेलाडीलाई पछि पार्दै लिभरपुलका डिफेन्डर भान बने बर्षको उत्कृष्ट खेलाडी (फोटोफिचर)


काठमाडौँ । लिभरपुलका मुख्य डिफेन्डर भान बर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । लिभरपुलका मुख्य डिफेन्डर भान ब्यवसायिक फुटबल संघले प्रदान गरेको बर्षको उत्कृष्ट खेलाडी बन्दा बर्षको उत्कृष्ट युवा खेलाडी म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङले आफ्नो कब्जामा लिन सफल भएका छन् । लामो समयपछि डिफेन्डरले यो उपाधि जितेको भन्दै भानको चौतर्फी चर्चा सुरु भएको छ । भानले सिटीबाट मनोनयनमा परेका ६ खेलाडीलाई पछि पार्दै उपाधि हात पारे ।

सन् २००५ मा जोन टेरीले यो उपाधि जितेपछि कुनैपनि डिफेन्डरले हात पार्न नसकेका बेला उनले कमाल गरेर दुनियालाई देखाइदिउका छन् । रहिमसँगै साडीयो माने, सर्जियो अगुइरो, बेर्नान्डो सिल्भालाई पछि पार्दै भानले चर्चा कमाइरहँदा वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड भिभिनी मेइड्माले हात पार्न सफल भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्