बहुचर्चित हास्यकलाकार तथा निर्देशक बल्छी धुर्बे र राजू मास्टर मेरी बास्सै बाट अलग्गिए


बहुचर्चित हास्यकलाकार तथा निर्देशक बल्छी धुर्बे ( मरीचमान श्रेष्ठ ) र राजू मास्टर ( राजू पौडेल ) मेरी बास्सै टेलिसीरियल बाट अलग भएको छन। उक्त टेलिसीरियलमा लामो समय देखि निर्देशन र मुख्य पात्रको रुपमा काम गर्दै आएको थिए साथै सम्पुर्ण दर्शक श्रोताको मन मुटुमा बस्न सफल बहुचर्चित जोड़ी पनि हुन।

मीडिया हब सगको असहमतको कारण आज बाट मेरी बास्सै टीम बाट अलग्गिएको भर्खर फेसबुक मार्फ़त बल्छी धुर्बे र राजू मास्टरले जानकारी दिएका थिए। दर्शक श्रोताको माया सदैब रहनेमा बिश्वाश गर्दै शीघ्र नया कार्यक्रमको साथ दर्शक सामु आउने प्रतिबध्दता ब्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस्