पदक विजेता खेलाडी सम्मानित


काठमाडौँ, २७ माघ : बानियाँटारस्थित पारामाउण्ट एकेडेमीले पाँचौँ राष्ट्रिय कराँते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई आज सम्मान गरेको छ ।दोलखामा भएको उक्त प्रतियोगितामा पारामाउण्टमा अध्ययनरत पुरुष ४५ केजीमा राजन तामाङले स्वर्ण जितेका थिए भने पुरुष ५० केजीमा सरल राजभण्डारी र ६० केजीमा प्रवीण कार्कीले काँस्य हात पारेका थिए ।दोस्रो किड्स अभिभावक दिवस तथा सम्मान कार्यक्रममा एकेडेमीका अध्यक्ष एवम् सांसद जगदीश्वरनरसिंह केसी र संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले उनीहरुलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्