मोफसलका पत्रकारको समस्याबारे जानकारी


उर्लाबारी, २७ माघ ; उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले मोफसलका पत्रकारको समस्याबारे छलफल गर्नुभएको छ । पत्रकारहरुको समस्या, विज्ञापन र मिडिया हाउस सञ्चालनमा देखापरेका कठिनाईलगायत विषयमा आज यहाँ आयोजित छलफलमा उहाँ सहभागी हुनुभएको हो ।सञ्चार सम्बन्धी विधेयक संसदीय समितिमा छलफल भइरहेको जानकारी दिँदै उपसभामुख तुम्बाहाम्फेले पत्रकारको हितमै सो विधेयक आउनुपर्नेमा जोड दिनुभयोे । छलफलमा पत्रकार दुर्गाप्रसाद भट्टराई, दुर्गा खतिवडा, केदार चौहान, सुमन घिमिरे, अर्जुन जम्नेली राई र घनश्याम भण्डारीले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सुझाब दिनुभयोे ।

स्थानीय तहका मिडियामा विज्ञापनको पहुँच पुग्न नसकेको अवस्थामा पत्रकारले मिडिया हाउसलाई बलियो बनाउन सकेमात्र न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सहज हुने उपसभामुख तुम्बाहाम्फेले बताउनुभयो । उर्लाबारीमा दुई एफएम रेडियो, दुई दैनिक पत्रिका र तीन साप्ताहिक पत्रिका छन्

प्रतिक्रिया दिनुहोस्