सार्वजनिक भयो भारतको बजेट : नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान सहयोग घोषणा, सबैभन्दा बढी सहयोग भुटानलाई


काठमाडौं । भारतले नेपाललाई यो वर्ष ११ अर्ब २० करोड रुपैयाँ ९७ अर्ब भारू० बराबर अनुदान सहयोग गर्ने भएको छ । विदेशी मुलुकलाई दिइने ऋण तथा अनुदानको सूचीमा नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ उल्लेख गरेको हो ।

भारतका अन्तरिम वित्तमन्त्री पियूस गोयलले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०१९्र२० को युनियन बजेटमार्फत नेपाललाई ७ अर्ब भारू सहयोगको अनुमान पेश गरेका हुन् । दक्षिण एसियाली मुलुकलाई दिँदै आएको अनुदानमा गत वर्षको तुलनामा खास हेरफेर छैन ।

सबैभन्दा बढी सहयोग भुटानलाई छ । यो वर्ष भुटानका लागि २१ अर्ब १५ करोड भारू सहयोग गर्ने भएको छ । ५ अर्ब भारू ऋण गरी जम्मा २६ अर्ब १५ करोड भारु सहयोगको घोषणा बजेटमा गरिएको छ । भारतले भुटान र माल्दिभ्सलाई मात्रै बजेटमार्फत ऋण सहयोगको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Designed by osnepal inc