एनसेलले राज्यलाई तिर्नुपर्ने ७२ अर्ब कर तत्काल नतिरे ७७ वटै जिल्लाको टावर ध्वस्त बनाइदिने विप्लबको चेतावनी


काठमाडौँ – नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी ९ने।क।पा० निकट अखिल क्रान्तिकारीले एनसेलले राज्यलाई तिर्नुपर्ने ७२ अर्ब कर तत्काल तिर्न चेतावनी दिएको छ।बिहिबार अखिल क्रान्तिकारी रुपन्देहीले कालो ब्यानरसहित विरोध सभा गर्दै यस्तो चेतावनी दिएको हो ।

चेतावनी दिँदै ९ने।क।पाले ऐनसेलले नेपालमा कर नतिरे ७७ वटै जिल्लामा रहेका ऐनसेल टावर ध्वस्त पार्ने जनाएको हो ।अब पनि नेपाल सरकारलाई तिर्नुपर्ने कर नतिरे त्यसको हिसाब किताब छिटै हुने अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रमेश गैरेले बताएका छन् ।

जनताले मकै बेच्दा, बाख्रा र भैसी बेच्दा कर संकलन गरिरहेको सरकार एनसेलले ७२ अर्ब नतिर्दा पनि चुपचाप बसेको भन्दै यस्तो आफूहरुलाई सह्य छैन, एनसेललाई तत्काल करको दायरामा नल्याए परिणाम राम्रो नआउने उनको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्