यो अचम्मको कम्पनी जसले आफ्ना कर्मचारीलाई पोर्नस्टारसँग रात बिताउन दिने निर्णय गरेपछि


एजेन्सी । राम्रो काम गरे वापत पुरस्कृत गरिन्छ । पुरस्कार पनि राम्रै हुन्छ । तर, ठीक यस विपरीत लाग्ने निर्णय चीनमा हुँदैछ । चीनको एक कम्पनीले आफ्ना कर्मचारीलाई पोर्नस्टारसँग रात बिताउन दिने भएको छ । कम्पनीले आफ्ना उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पोर्नस्टारसँग रात बिताउन दिएर पुरस्कृत गर्ने भएको छ । उत्कृष्ट कर्मचारीलाई बोनस, शेयर, बढुवा गर्ने चलन विश्वभर छ । यसका लागि कर्मचारी कामका लागि निकै मेहनत पनि गर्छन् ।

तर, उत्कृष्ट कर्मचारीलाई पोर्न स्टारसँग रात बिताउने मौका प्रदान गर्ने सो चिनियाँ कम्पनीको निर्णयले कर्मचारी पनि अचम्मित भएका छन् । यसप्रति दुईथरी विचार आएको छ कर्मचारीबाट ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा आयोजित पार्टीका बेला उत्कृष्ट कर्मचारीलाई पोर्न स्टारको व्यवस्था गरेको जानकारी दिइएको हो । सांघाइमा रहेको उक्त कम्पनीले उत्कृष्ट घोषित पुरुष कर्मचारीहरुले एकजना जापानी पोर्न अभिनेत्रीसँग रात बिताउन पाउने घोषणा छन् ।

प्रतिक्रिया दिनुहोस्