चर्चित गायक राजु परियार र गायिका पुर्णकला विसीको गीत सेतो कात्रो हरियो बाँसमा आशा खड्काको दमदार अभिनय हेर्नुहोस्


काठमान्डौ – नेपाली लोकदोहोरी क्षेत्रमा आफनो हजारौ सिर्जनामा आवाज दिइसकेका गायक राजु परियार र गायिका पुर्णकला विसीको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “ सेतो कात्रो हरियो बाँस “गीतको भिडियो बजारमा आएको छ । असङख्य दर्शक तथा स्रोताको मन मुटुमा बस्न सफल गायक राजुले यो गीतमा जिवनमा घटने बास्तविक घटनामा आफनो आवाज दिन पाउदा निकै गर्वको कुरा भएको बताए । आफनो प्रेम जस्तो अवस्थामा समेत आफनी प्रेमीकाको लागी निकै प्रेरणदायि विषय बन्ने गायकले बताएका छन ।

आफनी प्रेमीकालाई जिवन भरि साथ दिनको लागी उनले गीतमा नै आग्रह गरेका छन । आफुलाई त्यागेको खण्डमा आफनो जिवन नै समाप्त हुने कुरा गरिएको छ । दिपक केसीको शब्द तथा सागीतिक क्षेत्रमा विशिष्ट योग्दान पुयाएकी निशा गुरुङको मौलिक लय सिर्जनालाई गीतमा समावेश गरिएको छ । मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।“ सेतो कात्रो हरियो बाँस “गीतमा आशा खड्का र दिपक केसीको निकै मर्मस्पर्शी अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्