यसरी बनाउनुहोस् माघे संक्रान्तिमा मिठो तिलको लड्डु, पक्राउने तरिकासहित


काठमाडौं । हिन्दू धर्मालम्वीको महत्वपूर्ण पर्व मध्ये एक हो, माघे संक्रान्ति पनि । माघे संक्रान्तिमा थारू समुदायले माघी पर्वका रूपमा पनि मनाउँछन् भने अरु समुदायले पनि यो पर्व मनाउने प्रचलन छ । माघी मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । माघे संक्रान्ति दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने समुदाय अनुसार यसदिन विभिन्न परिकार बनाए खाने प्रचलन छ । यस मध्ये एउटा हो तिलको लड्डु ।

सबैलाई तिलको लड्डु बनाउन नआउला । यही सोचेर हामीहरुले केही तरिकाबारे जानकारी दिन खोजिएको हो । तिलको लड्डु बनाउनलाई आवश्यक पर्ने सामाग्रीहरुमा २५० ग्राम तिल, २५० ग्राम गुड, १ चम्चा घ्यु रहेका छन् ।

पकाउने विधि
सबैभन्दा पहिला तातो भाँडामा तिल राखेर रातो हुँदासम्म भुट्ने । तातोको भाडामा १ चम्चा घ्यु राखेर गुडलाई पकाउने । पाकेको गुडमा भुटेको तिल राखेर चलाउने । केही बेरमा मिक्स भएको गुड र तिललाई सानो सानो आकारमा डल्ला बनाएर तिलको लड्डु तयार गर्ने ।

प्रतिक्रिया दिनुहोस्