रोनाल्डोका फ्यानका लागी दुखद खबर, रोनाल्डोमाथि लागेको बलात्कार आरोप छानबिन गर्न प्रहरीले चाल्यो यस्तो कडा कदम


एजेन्सी । चर्चित पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोप छानबिन गरिरहेको अमेरिकाको लस भेगास प्रहरीले डीएनए स्याम्पल माग गरेको छ।अमेरिकाकी पूर्व मोडल क्याथरिन मायोर्गामाथि बलात्कार गरेको आरोप खेपिरहेका रोनाल्डोसँग सोही मुद्धाको अनुशन्धानका क्रममा प्रहरीले डीएनए स्याम्पल मागेको हो ।

प्रहरीका अनुसार ३३ वर्षीय रोनाल्डोमाथि लागेको बलात्कार आरोपबारे सत्य तथ्य छानबिनका लागि डिएनएको नमुना आवश्यक परेको जनाएको छ ।उनलाइ क्याथरिन मायोर्गाले सन् २००९ मा लस भेगासस्थित एक होटलमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् ।रोनाल्डोले भने उक्त आरोपको अस्वीकार गर्दै आएका छन् । पूर्व मोडल मायोर्गाले सन् २००९ मा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि रोनाल्डो लामो समय तनावमा रहेका थिए । उनको यो मुद्धा फेरी बल्झिएपछि उनको खेल जिवन कता जाने हो भन्ने उनका सर्मथकहरुमा चिन्ता उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्