धादिङ अस्ट्रेलिया समाजको नयाँ कार्यसमिति गठन , सविन थपलियाको नेतृत्व चयन


धादिङ अस्ट्रेलिया समाजको नयाँ कार्यसमिति गठन भएको छ। गत शनिवार सिड्नीमा सम्पन्न साधरण सभा बैठक बाट गरिएको जानकारी प्राप्त भएको छ। सविन थपलियाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ। जसअनुसार , नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र नेपाल , सचिवमा राधिका बानिया र कोषाध्यक्षमा बिश्व थपलिया , र सदस्यहरुमा दिनेश कार्की , दीपा अधिकारी , इभा अधिकारी ,सुनीता त्रिपाठी , प्रभातकीरण नेपाल,दीपक खनाल , रामचन्द्र शर्मा , कपिल सिंखडा , शरद दाहाल, सुमन परियार र अनुपजंग बानिया नियुक्त गरिएका छन।

साथै सल्लाहकारहरु मुरारी लम्साल , सन्तोष पाण्डे, जनक पाण्डे , प्रतिक्षा पाण्डे , दयाराम सिंखडा ,अर्जुन के सी , उदय लोहानी र हरी अधिकारी रहेको जानकारी प्राप्त भएको छ।

प्रमुख अथितिहरु नेपाली समाजकी अगुवा इंद्रा वन, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ, लिवरल फ्रेंड्स अफ नेपालका प्रमुख श्री नापित ले , समाजको कार्यको प्रशंसा गर्नुको साथै सम्पूर्ण नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बधाई र शुभकामना दिएका थिए। अध्यक्ष थपलियाले आगामी दिनमा धादिङ जिल्ला र जिल्ला वासी नेपाली सबै एक जुट भएर सामाजिक कार्यमा अघि बढ़ने जानकारी दिएका थिए।

साथै अन्य राज्य संयोजकहरुको चयन शीघ्र गरिने तयारी रहेको जानकारी दिएका थिए l समाजका निवर्तवान अध्यक्ष तथा संरक्षक किरण अधिकारीले नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई र शुभकामना दिदै , समाजले सामाजिक जिम्मेवारी निरन्तरता कायम राख्दै उच्च शिखर तर्फ लग्ने बिश्वास गरेका थिए।

उक्त दिन राजमार्ग वाल उद्यान निर्माण कार्यको लागी आयोजित च्यारिटी डिनर कार्यक्रम नयाँ बर्ष शुभकामना साँझ २०१९ को नाम दिई आयोजना गरिएको थियो। उक्त कार्यक्रममा नेपाल बाट चर्चित गायिका रेखा शाह , स्थानीय कलाकारहरु ईश्वर पोखरेल ,रमण रेग्मीको प्रस्तुति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्