बहुचर्चित गायिका मेलिना राईको नया गीत सार्वजनिक हुने तयारी, गायक प्रदीपले साथ दिने


बहुचर्चित गायिका मेलिना राईको नया गीत सार्वजनिक हुने तयारी भईरहेको जानकारी प्राप्त भएको छ। मायाको डोरी बोलको गीतको आज रेकर्डिंग कार्य सकिएको छ साथै गायिकाले अतंत्या मन पराइएको उक्त गीतको भिडियो रिलीज पश्च्यात फिडब्याक दिन सम्पूर्ण दर्शक श्रोताहरुलाई अनुरोध गरेकी छिन।

साथै उक्त गीतको शब्द अर्बिन धितालको रहेको छ भने संगीत र मेल स्वर गायक प्रदीप ढकालले गरेका हुन। पल र आचल अभिनीत जूनमा राखु तिमिलाई बोलको गीत बाट चर्चित गायक ढकाल को संगित भिन्न रहेको छ भने यस गीतको रेकर्डिंग ताज रेकर्डिंग स्टूडियो बाट तयार हुदै गरेको र म्युजिक एरेन्जर विजेश्वर राज तन्दुकार रहेको जानकारी प्राप्त भएको छ। विस्तृत जानकारीको लागी तल दिइएको भिडियो क्लिक गरी हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्