यसरी भब्य रुपमा मनाए चर्चित अभिनेता ऋतिक रोशनले जन्मदिन, फ्यानहरुको शुभकामना थाप्न भ्याई नभ्याई


एजेन्सी । आज चर्चित अभिनेता ऋतिक रोशनको जन्मदिन परेको छ । उनी आज ४५औं जन्मदिन मनाउदैछन् । २०१८ का संसारकै सर्वाधिक सुन्दर अभिनेताहरुको सूचीमा पहिलो नम्बरमा पर्न सफल यी अभिनेताका फ्यानहरु धेरै छन् ।एक्सन र डान्समा पोख्त अभिनेता ऋतिक रोशनले धेरै फिल्ममा खेलिसकेका छन् ।आज उनको जन्मदिनको अवसरमा सामाजिक संजालहरुमा बलिउडकर्मी तथा उनका प्रशंसकहरुले शुभकामना दिइरहेका छन् ।त्यस्तै उनकी पूर्व पत्नी सुज्यान खानले पनि ऋतिकलाई जन्म दिनको शुभकामना दिएकी छिन् ।

उनले सन् २०१४ मा ऋतिकलाई डिभोर्स दिइकी थिइन् । ऋतिककी पूर्वपत्नी सुज्यानले ऋतिकलाई सोलमेट भन्दै उनको इन्स्टाग्राम अकाउन्टमा ऋतिकसँगका तस्बिरसहित लेखेकी छिन्, ‘संसारभरिकै मेरो मिल्ने साथीलाई जन्मदिनको शुभकामना ।’ उनले ऋतिकलाई आफ्नो मिल्ने साथी र आफ्ना २ छोराको लागि संसारकै उत्तम पिता रहेको पनि लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्