श्रीमतीको कमाईले परिवार नचलेपछि मलेसिया जाँदा बानियालाई आइपर्यो ठूलो विपत, एउटा खुट्टा काटेपछि फेरी अर्को खुट्टाको तनाव सुरु


के सोचे थेँ जिन्दगीमा, के–के भयो आज’ राजेश हमाल, सञ्चिता लुइँटेल, रमित ढुंगाना आदि अभिनित चलचित्र ‘माया नमार’ को गीत हो यो । कसैको जिन्दगीको कुरा होइन। हो त केवल, केवल बानियाँको हो । हुन त सबैले सोचेजस्तो जिन्दगी कहाँ भोग्न पाउँछन् र ! केवल बानियाँले जस्तो भोग्नेहरु पनि सायदै होलान् । ताप्लेजुङबाट गायक बन्ने सपना बोकेर केवल १३ वर्ष पहिले झापा झरेका थिए । खेती–किसानी गर्ने बा–आमासँग मागेको पैसाले डेराको बास कतिञ्जेल चल्थ्यो र ! फेरि केवल एक्लै पनि त थिएनन् । उनले २०६० सालमा विवाह गरे ।

संगीत सिक्न झापा बस्दा उनकी श्रीमती पनि सँगै बस्थिन् । श्रीमतीको पनि कमाइ थिएन त्यतिबेला । अलि पछि निजी विद्यालयमा पढाउन थालिन् । तर यसरी जिन्दगी चल्ने देखेनन् उनीहरुले । अनि, केवल परदेश लाग्ने निधो गरे । कखरा नजान्दै छाडेको संगीत विदेशमा कमाएर फर्किएपछि पूरा गर्ने धोको त छँदै थियो । २०६२ सालको असारमा अपरेटरको काममा केवल मलेसिया उडे । उनी परदेश गएकै साल माघमा दिदीको मृत्यु भयो । अर्को सालको मंसिरमा बुवालाई पनि कालले निल्यो ।

तीन वर्ष मेसिनमा खट्दा उनको स्वास्थ्य अवस्था ठिकै थियो । डेरामा छाडेकी श्रीमतीलाई मलेसियाको कमाइले आफ्नै घर बनाएर सारेका थिए । न्यूनतम तलब एक हजार रियाल हुन्थ्यो । अहिले नै घर फर्किनुभन्दा अझै त्यही काम गर्ने सोचेर श्रम स्वीकृतिको अवधि थपे । त्यतिबेलासम्म त स्वास्थ्य पनि ठिकै थियो । तर, थपिएको दोस्रो महिनाबाट एकपछि अर्को गर्दै उनका दशाका दिन सुरु भए । सुरुमा देब्रे खुट्टा दुख्न थाल्यो । विस्तारै पैतलाबाट कालो–निलो भएर आयो । नजिकैको क्लिनिकमा चेकजाँच गराए। त्यहाँको औषधिले ठीक भएन । सुल्तान स्माल हस्पिटलमा गए, तीन चार दिन बस्दा त्यहाँ पनि उपचार भएन ।

प्रतिक्रिया दिनुहोस्