डियाजले रियल मड्रिडमा डेब्यू खेलमा नै गरे कमाल, रियलले निकाल्यो सहज जित


एजेन्सी । रियल मड्रिडद्धारा लेगानेस ३–० गोलले पराजित भएको छ । स्पेनिस युवा स्टार ब्राहिम डियाजले डेब्यू गरेको खेलमा स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत प्रिक्वाटरफाइनल चरणको पहिलो लेगमा रियल मड्रिडले लेगानेस बिरुद्ध आक्रामक खेल खेल्दै शानदार जित दर्ता गर्न सफल भएको हो । इंग्लिस क्लब म्यान्चेस्टर सिटीबाट गएको सातामात्रै १५ मिलियन पाउन्डमा रियलमा अनुबन्ध भएका १९ वर्षीय डियाजले रियलका लागि ७८औं मिनेटमा डेब्यू गरे ।

उनले भिनिसियस जुनियरलाई प्रतिस्थापन गरेका हुन्, जसले ७७औं मिनेटमा रियलका लागि तेस्रो गोल गरेका थिए । डियाजलेडेब्यू खेलमा रियल मड्रिडले जित निकाल्दा सर्जियो रामोसले पेनाल्टीमार्फत आफ्नो करिअरको सयौं गोल गरेपछि पहिलो हाफमा रियलले १–० को अग्रता लिएको थियो । त्यस्तै खेलको ६८ औं मिनेटमा लुकास भाज्क्वेजले अर्को गोल थपे ।यि विभिन्न कारणले गएरातीको रियल मड्रिड र लेगानेसबिचको खेल राृेमाञ्चक बनेको थियो । दोस्रो लेग अर्को साता लेगानेसको घरेलु मैदानमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्