९ तस्विरमा हेर्नुहोस् एकै खेलमा म्यान्चेस्टर सिटीले ९ गोल गरेर बनाएको किर्तीमान


एजेन्सी । म्यान्चेस्टर सिटीले गएरातीको खेलमा कमाल गरेको छ । एकै खेलमा ९ गोल गरेर म्यान्चेस्टर सिटी पुग्यो इंग्लिस लिग कप फुटबल प्रतियोगिताको फाइनल नजिक पुगेको हो । घरेलु मैदान इथिहाड रंगशालामा सिटीले उत्कृष्ट आक्रामक फुटबलको नमूना प्रस्तुत गर्दा लिग कप सेमिफाइनलको पहिलो लेगमा बुर्टोन अल्बायोनमाथि ९–० गोलको फराकिलो जित निकालल्न सफल भएको हो ।

म्यान्चेस्टर सिटीलाई ९ गोलको योगदान दिने क्रममा गाव्रियल जेससले चार, केभि डिब्रुयेन, ओलेक्जान्दर जिन्चेन्को, फिल फोडेन, केल वाल्कर र रियाद मेहेरेजले गोल गर्न सफल भएको दृश्य हेर्न लायक थियो । सिटीले पहिलो हाफमा चार र दोस्रो हाफमा पाँच गोल गरेको हो । पहिलो हाफमा जेससले २ गोल गर्दा डीब्रुयेन र जिन्चेन्कोले एक–एक गोल गरेका थिए । ३१ वर्षपछि सिटीले यति फराकिलो जित निकाल्न सफल भएको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार सन् १९८७ को नोभेम्बरमा उसले दोस्रो डिभिजनको लिगमा हडर्सफिल्ट टाउनमाथि १०–० गोलको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्