मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा १ सय रुपैयाले बढेको छ ।हिजो प्रतितोला ५९ हजार ८ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज तोलामा १ सय रुपैयाले बढेर ५९ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी आज चाँदीको मुल्य पनि ५ रुपैयाले घटेर तोलामा ७ सय ५५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्