पिनाकल स्कुल १० कक्षामा अध्ययनरत विद्यार्थीले ४ दिनमा तयार गरे नेपालको पहिलो यस्तो रोबोट


टेक्निकल हिसाबले नेपाल अरु देशहरु भन्दा पछाडी नै भएको देखिन्छ । तर नेपालमा पनि ज्ञान तथा अधिक बुद्धी भएको व्यक्तिहरुको कमि भने होइन । मौका र सहि अवसर प्राप्त नगरेर मात्र ति व्यक्तिहरु पछाडी परेको उदहारण बाहिर आएको छ । प्रशंग हो रोबोट निर्माणको जसलाई नेपालका साना भाईहरुले बनाएका छन् । अब प्रशंग खोलौ कुरा हो शनिबारको । काठमाडौँको कलंकीमा अवस्थित पिनाकल स्कोलर एकेडेमीमा प्रदर्शनी कार्यक्रम राखियो जहाँ उक्त स्कुलका विद्यार्थीहरुले आफै निर्माण गरेको सामग्री प्रदर्शनमा राखिएको थियो ।

खचाखच अभिभावकले भरिएको उक्त स्कुलको ग्राउण्डमा थरि थरिका वस्तुहरु प्रदर्शनमा राखिएको थियो । बिशेष विज्ञानको माध्यमबाट तयार गरिएको वस्तुहरु उक्त प्रदर्शनीमा राखिएको थियो । त्यहाँ बिशेष एक रोबोटको प्रदर्शनको कार्यक्रम थियो । सुन्दा अचम्म लाग्न सक्छ नेपालमा पहिलोपटक यस्तो रोबोट निर्माण गरियो जसले कक्षा कोठामा गएर विद्यार्थीहरुलाई कुनै पनि बिषय पढाउन सक्छ । यो सुन्दा अझै अचम्म लाग्न सक्छ कि यो रोबोट पिनाकल स्कोलर एकेडेमीमा १० कक्षामा अध्ययनरत ४ जना विद्यार्थीले बनाएका हुन् ।

४ दिनमा यी विद्यार्थीहरुले यस्तो अचम्मको रोबोट बनाएर देखाए । पिनाकल स्कुलका विद्यार्थी लोशन पराजुली, ओशिन दुरा, कञ्चन पोख्रेल र विशाल खरेलले टिचिङ रोबर्ट बनाएका हुन् । रोबर्ट निर्माणमा लोचन घिमिरे, सौरभ ढकाल र साजन सुवेदीले सहयोग गरेका थिए । ४ जना ति कलिला उमेर भएका विद्यार्थीहरुले एक गहकिलो उदहारण प्रस्तुत गरेका छन् । यो नेपालमा नै एक नमुना साबित भएको छ । यसले धेरै व्यक्तिहरुलाई प्रेरणा पनि दिएको छ । उक्त रोबोटमा धेरै कुराहरु समावेश गरिएको छ । रोबोटमा अहिलेको टेक्नोलोजी अनुसार इन्टरनेट वाईफाईको समेत जडान गरिएको छ । हेर्दा सामान्य लाग्ने यो रोबोट अत्याधुनिक तरिकाले निर्माण गरिएको छ । यसको नाम “दिदी” राखिएको छ ।

एउटा घरमा या स्कुलमा दिदीले सबै काम गर्ने सबैको हेरचाह गर्ने लगायतको काम गर्छिन । यहि सोचको साथमा यस रोबोटलाई पनि निर्माण गरिएको र दिदी नामकरण गरिएको बताईएको छ । अब भने नेपालले केहि फड्को मारेको देखिन्छ । अवसर पाए नेपालले पनि गर्न सक्छ भन्ने कुरा यी ४ जना विद्यार्थीको मेहेनत र लगनले साबित भएको छ । यस बिषयमा नेपाल सरकारको ध्यान समेत केन्द्रित हुन जरुरी छ । हेर्नुस यो भिडियो l

प्रतिक्रिया दिनुहोस्