विवाहको केट काट्दा बेहुलीलाई लाग्यो झट्का, बेहुलीको रुवाबासी चलेपछि बाेलाइयो प्रहरी (भिडियो)


एजेन्सी । फिलिपिन्समा विवाहको केट काट्ने बित्तिकै प्रहरी बोलाउनु परेको छ । फिलिपिन्सको पासिङ शहरकी शिने तमायो र झोन चेनको विवाह भएको थियो । बिहेपछि उनीहरुले रिसेप्सन पार्टी राखेका थिए । उनीहरुले करिब ३ लाख खर्च गर्दै रिसेप्सन पार्टीको सबै व्यवस्थाको जिम्मा क्रिसा केनेनिया नामकी वेडिङ प्लानरलाई दिएका थिए । उनीहरुले वेडिङ केक पनि काटे । पार्टीमा जुन केक आएको थियो त्यो थर्माकोलले बनेको थियो । बेहुलीले जब केक काटिन् उनलाई झट्का लाग्यो त्यसपछि उनी रुन थालिन् ।

पार्टीको व्यवस्थापन गर्ने वेडिङ प्लानरले गरेका थिए । बेहुलीले जब केक काटिन् त्यसपछि उनी जोडजोडले रुन थालिन् । रिसाएका पाहुनाहरुले वेडिङ प्लानरविरुद्ध पुलिसमा उजुरी गरिदिए ।
वेडिङ प्लारले त्यहाँ नक्कली केक मात्र होइन खाने व्यवस्था पनि निकै खराब थियो जसका कारण पूरै पैसा दिएर पनि बाहिरबाट खाना मगाउनुपर्यो ।

आफूसँग भएको धोकाका कारण बेहुली निकै दुखी भइन् । उनले आरोपी महिलामाथि पुलिस केस गरिदिइन् । पुलिसले त्यो पार्टीको व्यवस्थापन गर्ने वेडिङ प्लानरलाई पक्राउ गरेको छ । ती आरोपी महिलाले करिब ३ लाख रुपैयाँ लिएपछि पनि बिहेमा ठिकसँग व्यवस्थापन गरेकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस्