पोखरा बिन्दबासीनिमाईले हामी सबैको मनोकाक्षा पूरा गरुन् : तपाईको आजको राशिफल, विक्रम सम्वत २०७५ साल मंसिर २३ गते आइतबार


सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल मंसिर २३ गते रविबार नेपाल सम्बत ११३९ थिंल्लाथ्व तदनुसार सन् २०१८ डिसेम्बर ९ तारिक शुक्लपक्ष द्वितीया तिथि अपरान्ह २ वजेर ३३ मिनेटसम्म उप्रान्त तृतीया तिथि,मूल नक्षत्र विहान ७ वजेर ५९ मिनेटसम्म उप्रान्त पूर्वषाढा नक्षत्र,गण्डयोग,कौलव करण,आनन्दादियोग सिद्धि,सूर्य वृश्चिक राशीमा,चन्द्रमा धनु राशीमा । पूर्व दिशाको यात्रा शुभ रहनेछ ।

मुहूर्त
राहुकालः–अशुभ अपरान्ह ३ वजेर ५० मिनेटबाट ५ वजेर ८ मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–पूर्वान्ह ११ वजेर ५६ मिनेटबाट अपरान्ह १ वजेर १४ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह २ वजेर ३२ मिनेटबाट ३ वजेर ५० मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ अपरान्ह ३ वजेर ४५ मिनेटबाट ४ वजेर २६ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३५ मिनेटबाट मध्यान्ह १२ वजेर १७ मिनेटसम्म रहनेछ ।

दिन बार वेला
सूर्योदय कालबाट प्रातः ८ वजेर १ मिनेटसम्म उद्वेग वेला,८ वजेर १ मिनेटबाट ९ वजेर १९ मिनेटसम्म चर वेला,९ वजेर १९ मिनेटबाट १० वजेर ३७ मिनेटसम्म लाभ वेला,१० वजेर ३७ मिनेटबाट ११ वजेर ५५ मिनेटसम्म अमृत वेला, ११ वजेर ५५ मिनेटबाट १ वजेर ३ मिनेटसम्म काल वेला,१ वजेर १३ मिनेटबाट २ वजेर ३१ मिनेटसम्म शुभ वेला, २ वजेर ३१ मिनेटबाट ३ वजेर ४९ मिनेटसम्म रोग वेला र ३ वजेर ४९ मिनेटबाट सूर्यास्त कालसम्म उद्वेग वेला रहनेछ ।

रात्री बार वेला
सूर्यास्त कालबाट ६ वजेर ४९ मिनेटसम्म शुभ वेला,६ वजेर ४९ मिनेटबाट ८ वजेर ३१ मिनेटसम्म अमृत वेला,८ वजेर ३१ मिनेटबाट १० वजेर १३ मिनेटसम्म चर वेला,१० वजेर १३ मिनेटबाट ११ वजेर ५५ मिनेटसम्म रोग वेला,११ वजेर ५५ मिनेटबाट १ वजेर ३७ मिनेटसम्म काल वेला,१ वजेर ३७ मिनेटबाट ३ वजेर १९ मिनेटसम्म लाभ वेला,३ वजेर १९ मिनेटबाट ५ वजेसम्म उद्वेग र ५ वजेबाट सूर्योदय कालसम्म शुभ वेला रहनेछ ।

राशी
मेषः– मनबाट गलत विचार हट्नेछ । पुराना समस्या विस्तारै समाधान हुनेछन् । काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला । फलदायी यात्राको सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी भने नबढाउनु होला । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ ।

वृषः– सयम प्रतिकुल देखिन्छ । काम गर्ने वातावरण विग्रिनेछ । आफुले सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झमेलामा परिनछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विश्वास गरेकाले धोका दिनसक्छन् । आशाहरु निरासामा परिणत हुनेछन् ।

मिथुनः– दिन सामान्य अनुकुल देखिन्छ । दायावायाँ नलागि समयको सदुपयोग गरेर अगाडि बढ्नु होला । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । जीवन साथीको सहयोग पाईनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

कर्कटः– इच्छाशक्ति तिव्र रुपमा अगाडि बढाएर संघर्षबाट विचलित नभई काम गर्नु होला अन्तिम परिणामले सुखी बनाउनेछ । बाधा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन । आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गोपनियता अप्नाउन नभुल्नु होला ।

सिंहः– दुविधामा परि समयमा निर्णय लिन सकिएन भने आएको अवसर गुम्न सक्छ । समस्याबाट टाढा बस्न पाईने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर परेर काम नगर्नु होला । पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ । खर्चलाई नियन्त्रण गरेर काम गर्नु होला ।

कन्याः– दिन प्रतिकुल देखिन्छ । अनुकुल बातावरणमा काम गर्न पाईने छैन । सम्भावना क्षीण भएर जानेछन् । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । गलत विचार बढ्नेछ । खर्चालु काम बढि हुनेछन् । व्यापार घट्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि होलान् ।

तुलाः– दिन अनुकुल देखिन्छ । आफनै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । आफ्नो काममा अरुको मुख ताक्नु पर्ने छैन । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । वित्तिय कारोवारमा सामान्य सुधार आउनेछ । आफुलाई ज्ञान नभएका क्षेत्रमा लगानी नबढाउनु होला । ईष्टमित्रको सहयोग मिल्नेछ ।

वृश्चिकः– दिन मध्यम खालको छ,सफलता असफलता तपाई आफ्नै हातमा रहनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । मिलेर काम नगर्नु होला आफैलाई घाटा हुनेछ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ ।

धनुः– हेलचक्र्याई नगर्नु होला,समग्रमा दिन अनुकुल देखिन्छ । विगतका कमि कमजोरी सच्याउने मौका मिल्नेछ । एजेन्सिका कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ ।

मकरः– दिन प्रतिकुल रहेकोछ नयाँ काममा लगानी नबढाउनु होला । अरुलाई झट्ट विश्वास नगर्नु होला धोका हुनेछ । व्यवसायमा अवनति हुनेछ । काम काजमा अवरोध आउनेछ । आर्थिक क्षेत्रमा समस्या आउन सक्छ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला ।

कुम्भः–दिन सामान्य अनुकुल देखिन्छ । हेलचक्र्याई नगरि काम गर्नु होला । विरोधी कमजोर हुनेछन् । मुद्धा मामिलामा जीत हुनेछ । लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । सहयोग सामान्य खालको मिल्नेछ । आर्थिक कारोवारमा भने सतर्क रहनुहोला ।

मिनः– समयको सदुपयोग गर्नु होला उपलब्धि मुलक काम हुनेछन् । आफुले गरेका काम अरुका लागि उदाहरणीय हुन सक्छन् । आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । रोकिएका काम धेरै जसो फस्र्योट हुनेछन् । नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।

प्रतिक्रिया दिनुहोस्