शीर्ष चार नेताले बहिस्कार गरेको नेकपा बैठकले बोलायो स्थायी कमिटी बैठक


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकलेको स्थायी कमिटी बैठक बोलाएको छ । चार शीर्ष नेताको बहिस्कारका बीच शनिबार बसेको सचिवालय बैठकले यही मंसिर २९ गते शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो । स्थायी कमिटीको बैठक २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय सचिवालय बैठकले गरेको नेताहरुले जानकारी दिएका छन् ।

यसअघि सचिवालय बैठक अपरान्ह ३ बजेका लागि बोलाइएको थियो । २० मिनेटसम्म पनि बैठक सुरु नभएपछि वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले बैठक बहिष्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्