पक्राउ परेका निर्मलाको हत्यारा चाँडै सार्वजनिक गर्ने– उपप्रधानमन्त्री पाेखरेल


काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ परिसकेको र चाँडै सार्वजनिक गर्ने बताएका छन् । १० औं मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले भने, ‘म यति भन्न चाहन्छु, अपराधी पत्ता लागिसकेको छ, नियन्त्रणमा आइसकेको छ । हामी चाँडै विधिसम्वत ढंगले सार्वजनिक गर्छौं ।’
सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने भन्दै उनले निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गर्ने अधिकारकर्मीहरुलाई हत्यारा सार्वजनिक गर्दा रक्षार्थ सक्रियता नदेखाउन पनि आग्रह गरे ।

‘आज जसजसले निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउनुभएको छ’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘माफ गर्नुहोला, त्यो अपराधी बाहिर ल्याउँदा कसैले पनि छाता ओढाउन नआउनुहोला ।’

गएको साउन १० गते साथीको घर जाने भन्दै घरबाट हिँडेकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको भोलिपल्ट साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्