मनकामनामाईले हामी सबैको मनोकाक्षा पूरा गरुन् : तपाईको आजको राशिफल, विक्रम सम्वत २०७५ साल मंसिर २१ गते शुक्रबार


सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल मंसिर २१ गते शुक्रबार नेपाल सम्बत ११३९ कछलागा तदनुसार सन् २०१८ डिसेम्बर ७ तारिक कृष्णपक्ष औसी तिथि मध्यान्ह १२ वजेर २६ मिनेटसम्म उप्रान्त शुक्ल प्रतिपदा तिथि,ज्येष्ठा नक्षत्र २२ गते विहान ६ वजेर १८ मिनेटसम्म उप्रान्त मूल नक्षत्र, धृतियोग,नागकरण,आनन्दादियोग चर,सूर्य वृश्चिक राशीमा,चन्द्रमा पनि वृश्चिक राशीमा ।

मुहूर्त
राहुकालः–अशुभ विहान १० वजेर ३७ मिनेटबाट ११ वजेर ५५ मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–अपरान्ह २ वजेर ३१ मिनेटबाट ३ वजेर ४९ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान ८ वजेर १ मिनेटबाट ९ वजेर १९ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८ वजेर ४८ मिनेटबाट ९ वजेर २९ मिनेटसम्म र मध्यान्ह १२ वजेर १६ मिनेटबाट १२ वजेर ५८ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३४ मिनेटबाट मध्यान्ह १२ वजेर १६ मिनेटसम्म रहनेछ ।

दिन बार वेला
सूर्योदय कालबाट प्रातः ८ वजेर १ मिनेटसम्म चर वेला,८ वजेर १ मिनेटबाट ९ वजेर १९ मिनेटसम्म लाभ वेला,९ वजेर १९ मिनेटबाट १० वजेर ३७ मिनेटसम्म अमृत वेला,१० वजेर ३७ मिनेटबाट ११ वजेर ५५ मिनेटसम्म काल वेला, ११ वजेर ५५ मिनेटबाट १ वजेर १३ मिनेटसम्म शुभ वेला,१ वजेर १३ मिनेटबाट २ वजेर ३१ मिनेटसम्म रोग वेला,२ वजेर ३१ मिनेटबाट ३ वजेर ४९ मिनेटसम्म उद्वेग वेला र ३ वजेर ४९ मिनेटबाट सूर्यास्त कालसम्म चर वेला रहनेछ ।

रात्री बार वेला
सूर्यास्त कालबाट ६ वजेर ४९ मिनेटसम्म रोग वेला,६ वजेर ४९ मिनेटबाट ८ वजेर ३१ मिनेटसम्म काल वेला,८ वजेर ३१ मिनेटबाट १० वजेर १३ मिनेटसम्म लाभ वेला,१० वजेर १३ मिनेटबाट ११ वजेर ५५ मिनेटसम्म उद्वेग वेला,११ वजेर ५५ मिनेटबाट १ वजेर ३७ मिनेटसम्म शुभ वेला,१ वजेर ३७ मिनेटबाट ३ वजेर १९ मिनेटसम्म अमृत वेला,३ वजेर १९ मिनेटबाट ५ वजेसम्म चर र ५ वजेबाट सूर्योदय कालसम्म रोग वेला रहनेछ ।

राशी
मेषः– काम गर्ने वाताबरण अझै बन्ने देखिन्न । विभिन्न खालका समस्या झेल्नु पर्ला । सुख शान्तिमा कमि आउनेछ । घरमा बस्न मन लाग्ने छैन । गरेको लगानीबाट प्रतिफल पाईने छैन । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । लगानीका मार्ग प्रशस्त नगर्नु होला ।

वृषः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । समयको सदुपयोग गर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । जीवन साथीबाट सामान्य सहयोग मिल्नेछ । काममा ढिला सुस्ति गर्नु भयो भने सोचे जस्तो उपलब्धि हासिल हुने छैन । हेलचक्र्याई कुनै कुरामा नगर्नु होला ।

मिथुनः–समयको गति सगै काममा सुधार आउनेछ । नयाँ जोश,नयाँ काम,नयाँ विचार आजको प्राथमिकता रहनेछ । मुद्धा जीत हुनेछ विवादको अन्त्य हुनेछ । आयत निर्यात व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । पारिवारिक भेटघाट बढ्नेछ । लेनदेन कारोवार गर्दा भने सोच विचार गर्नु होला । इष्टमित्रको भर परेर काम नगर्नु होला ।

कर्कटः– भक्तिभाव बाट मात्र कुनै काम हुने छैनन । सहज रुपमा कहि कतै केहि हुने छैन । उपलब्धिका काममा चासो कम हुनेछ । मनोरञ्जनात्मक खर्च बढ्नेछ । साथी भाईसँग भेटघाट हुनेछ । पठन पाठनमा कम ध्यान जानेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । अरुको भरमा काम नगर्नु होला विग्रिने अवस्था रहनेछ ।

सिंहः– समय त्यति अनुकुल देखिन्न । हेलचक्र्याई नगरि काम गर्नु होला । घर परिवारका समस्यमा झेलिनु पर्नेछ । व्यापार व्यवसायबाट आम्दानीको तुलनामा खर्च बढि हुनेछ । इष्टमित्र साथी भाईका कुरा ठीकै ठीकै हुनेछन् । पढाई लेखाई र सन्तानको बारेमा बढि चिन्ता हुनेछ । जोखिम मोलेर यात्रा नगर्नु होला ।

कन्याः– समग्रमा दिन अनुकुल देखिन्छ समयको सदुपयोग गर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । आफन्त बाट पनि सहयोग पाईनेछ । आत्मविश्वास,आत्मबलमा कुनै कमि आउने छैन । धन संचितीमा वृद्धि हुनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । विरोधी आफै कमजोर बन्ने छन् ।

तुलाः– समय विस्तारै अनुकुल बन्दै आउनेछ । कुरा भन्दा काममा जोड दिनु होला । वित्तिय क्षेत्रमा सुधारका संकेत देखिने छन् । साथी भाई इष्टमित्रबाट सहयोग अल्प मिल्नेछ । प्रयत्न बाट नै सफलताको यात्रा अगाडि बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन सोचे जस्तो हुने छैन । काममा साना तिना समस्या आईरहने छन् ।

वृश्चिकः– समयमा गरेका काम सफल हुनेछन् । आफुमा भएको उर्जाको सदुपयोग गर्नु होला । विचारमा परिवर्तन आउनेछ । आर्थिक उपलब्धिका काम कम हुनेछन् । संचित धन नचलाउनु होला । आफन्तबाट कुराको सहयोग मात्र हुनेछ,कामको सहयोग खासै हुने छैन । अल्छि नगरिकन काम गर्नु होला । व्यापारमा उधारो काम नगर्नु होला ।

धनुः–पुरै दिन अनुकुल छैन भन्दा बढि हुने छैन । मनोरञ्जन तथा स्वागत सत्कारमा बढि धन खर्च हुनेछ । सहयोगी हात भेटिने छैन । काम गर्दा अन्योलता बढ्नेछ । स्पष्ट वोल्दा कहिले कहि आफुलाई अप्ठ्यारो पर्ने हुदा विचार पु¥याउनु होला । व्यापार व्यवसायबाट नाफ भन्दा घाटा बढि हुनसक्छ । भावना वुझि दिने कोहि हुनेछैन ।

मकरः– समयमा गरेका कामबाट उचित फल मिल्नेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । थोरै प्रयत्न गर्नु भयो भने बक्यौता रकम उठ्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पढाई लेखाईमा प्रगति हुनेछ । शैक्षिक र वैदेशिक मार्ग बढि सफल देखिन्छन । परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार,व्यवसायबाट आम्दानी बढ्नेछ ।

कुम्भः– समयको महत्वलाई वुझेर अगाडि बढ्नु होला । लगनशिलताबाट नै लक्ष्यमा पुग्न सकिनेछ । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । विरोधी कमजोर हुनेछन् जसका कारण आफु लाभान्वित भईनेछ । भाग्यले साथ दिनेछ ।

मिनः–दिन मध्यम खालकोे देखिन्छ । भाग्य भन्दा कर्ममा विश्वास गरेर अगाडि बढ्नु होला । वित्तिय कारोवारमा सामान्य सुधार आउनेछ । उपलब्धिका काम कम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन सामान्य होला । सहयोगी मन खोज्नु पर्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । दानपुण्यका काम हुनेछन् । नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।

प्रतिक्रिया दिनुहोस्