नेपाल आइडलमा गेष्ट जजको रुपमा देखा परे चर्चित संगीतकार अर्जुन पोखरेल (लाइभ भिडियो)


काठमाडौँ । चर्चित संगीतकार अर्जुन पोखरेल नेपाल आइडलको आजको शृखलामा गेष्ट जजका रुपमा देखा परेका छन् । उत्कृष्ट ५ प्रतियोगीहरुले एकसाथ गीत गाएर उद्घाटन गरेको कार्यक्रममा चलचित्र ऐश्वर्यामा तिमी रोएको पल बोलको गीतका रचनाकार र संगीतकार अर्जुन उपस्थित हुँदा दर्शकहरुमा छुट्टै उत्साह देखिएको थियो । यसतै आजको कार्यक्रममा अमित बरालले दैव हे बोलको गीत गाएका छन् ।

गत शुक्रबार प्रसारित नेपाल आइडलको ३२ औ एपिसोडबाट पवन गिरी बाहिरिएसँगै विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठक नेपाल आइडलको टप ५ मा उक्लिएका छन्।अबको केही महिनाभित्र देशले दोस्रो नेपाल आइडल पाउनेछ। आज प्रसारित हुने ३३ औ एपिसोडमा टप ५ प्रतियोगीले आफ्नो प्रस्तुति दिनेछन् र त्यहीँ प्रस्तुतिको आधारमा शुक्रबार एक प्रतियोगी नेपाल आइडलबाट बाहिरिन्छन्। त्यसपछि जम्मा द्ध जना प्रतियोगी बाँकी रहनेछन् । हेर्नुस् बिहीबार प्रसारण भइरहेको कार्यक्रम लाइभ

प्रतिक्रिया दिनुहोस्