गायक धीरज राईले ल्याए नयाँ पप गीत ‘तिम्रा नयन’ (भिडियो)


काठमाडौं । गायक धीरजले नयाँ पप गीत सार्वजनिक गरेका छन् । हालै उनले ‘तिम्रा नयन’ म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सो गीतमा गायक राईको स्वरमात्रै होइन शब्द सृजना र म्युजिक पनि उनकैको रहेको छ । विजेश पौडेलले निर्देशन गरेको ‘तिम्रा नयन’ म्युजिक भिडियोमा एलिसा राई र विशाल गुरुङको अभिनय रहेको छ । शिवराम श्रेष्ठले छायांकन गरेको सो म्युजिक भिडियोको सम्पादन विजेश पौडेलले नै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्